ad ad

प्रविधि


फेसबुकपछि ३ अर्ब बढी डाउनलोड हुने एप बन्यो टिकटक

फेसबुकपछि ३ अर्ब बढी डाउनलोड हुने एप बन्यो टिकटक

(फाइल तस्बिर)


नेपालखबर
असार ३१, २०७८ बिहिबार १३:३५,

चिनियाँ भिडिओ सेयरिङ एप टिकटकको प्रसिद्धि दिन प्रतिदिन झनझनै बढ्दै गएको छ।

टिकटक फेसबुकपछि ३ अर्ब बढी डाउनलोड हुने एप बनेको हो। 

यसअघि फेसबुक र फेसबुकको स्वामित्वमा रहेका एप्सहरु म्यासेन्जर, वाट्सएप र इन्स्टाग्राम ३ अर्बभन्दा बढीपटक डाउनलोड भइसकेका थिए।

फेसबुक र फेसबुकको स्वामित्वमा रहेका एपपछि टिकटक नै पहिलोपटक ३ अर्बभन्दा बढी डाउनलोड भएको एप हो।

सन् २०१६ मा लन्च भएको चीनको बाइटडान्स कम्पनीको एप टिकटक सन् २०२१ को पहिलो ६ महिनासम्म विश्वभर सबैभन्दा बढी डाउनलोड भएको एप हो।

भारतले प्रतिबन्ध लगाएता पनि यो एप यसवर्ष ३८ करोड ३० लाखले डाउनलोड गरेको बताइएको छ। एससीएमपी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .