ad ad

प्रविधि


ट्विटरबाट प्रतिबन्धित ट्रम्पले ट्विटरलाई नै चुनौती दिन ल्याए ‘गेटर’ एप

ट्विटरबाट प्रतिबन्धित ट्रम्पले ट्विटरलाई नै चुनौती दिन ल्याए ‘गेटर’ एप

ट्रम्प


नेपालखबर
असार १९, २०७८ शनिबार २१:४३,

चर्चित सामाजिक संजाल ट्विटर र फेसबुकबाट आजीवन प्रतिबन्ध लागेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक संजालमार्फत करोडौं मानिससँग जोडिने अनेकौं प्रयास गरिरहेका छन्।

गतवर्षको अमेरिकी निर्वाचनको नतिजालाई अस्वीकार गर्दै भड्किलो अभिव्यक्ति दिएपछि गत जनवरीमा उनका समर्थकले अमेरिकी संसद भित्रै तोडफोड गरेका थिए।

सो घटना लगत्तै ट्रम्पका कारण हिंसा भड्किएको भन्दै उनीमाथि ट्विटर र फेसबुकले प्रतिबन्ध लगाएको थियो। त्यसपछि उनले ‘फ्रम द डेस्क अफ डोनाल्ड ट्रम्प’ भन्ने एउटा ब्लग खोले।

तर त्यहाँ ट्रम्पका भनाइहरुमा कमै मानिसले रुची राखेपछि सो ब्लग बन्द गरिएको थियो। यतिबेला ट्रम्पले ट्विटरजस्तै नयाँ एप लन्च गर्न लागेका छन्।

Gettr, Jason Miller's new social media app, doesn't have Trump - Vox

ट्रम्पले ‘गेटर’ नाम एप लन्च गर्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्। बुधबार अर्थात् जुलाई ४ देखि यो औपचारिक रुपमा सार्वजनिक हुनेछ।

यद्यपी हालसम्म यो ५० हजारले डाउनलोड गरिसकेका छन्। ट्विटरबाट प्रतिबन्धित ट्रम्पले ट्विटरलाई नै चुनौती दिन यो एप लन्च गरेको बताइएको छ।

ट्विटर चलाउने व्यक्तिले गेटर र ट्विटरमा समानता भेट्ने बताइएको छ। सार्वजनिक भएको फोटोहरुमा पनि गेटर ट्विटरजस्तै देखिएको छ। एजेन्सी

Donald Trump's Team Launches a New Social Media Platform Called GETTR

 

Former Trump Aide Launches GETTR, the Latest MAGA Social Media

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .