ad ad

रिभ्यु


बीएमडब्ल्यूका ११ लाखसम्म पर्ने मोटरसाइकल बजारमा, यी हुन् विशेषता (रिभ्यु)

बीएमडब्ल्यूका ११ लाखसम्म पर्ने मोटरसाइकल बजारमा, यी हुन् विशेषता (रिभ्यु)

नेपालखबर
भदौ १६, २०७६ सोमबार ११:४०,

विश्वचर्चित जर्मन कम्पनी बीएमडब्ल्यूले दुईवटा मोटरसाइकल मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पहिलोपटक १४औँ नाडा अटो शोमार्फत बीएमडब्ल्यू जी३१० जीएस र बीएमडब्ल्यूजी३१० आर मोटरसाकइकल नेपाली बजारमा ल्याएको हो। नेपालमा कम्पनीका उत्पादन बिक्री गर्ने अधिकृत बिक्रेता टर्क मोटर्स ट्रेडिङ प्रालिअन्तर्गतको हिमालयन मोटरराड कम्पनी रहेको छ।

मूल्य र भेरिएन्ट
दुई मोटरसाइकलमध्ये जी३१० आर रेसिङ रेडको ९ लाख ५० हजार, जी ३१० आर कोस्मिक ब्ल्याकको ९ लाख ५० हजार, जी ३१० आर ह्वाइट मेटालिकको ९ लाख ७५ हजार, जी ३१० जीएस रेसिङ रेडको १० लाख ९० हजार, जी३१० जीएस कोस्मिक ब्ल्याकको १० लाख ९० हजार र जी३१० जीएस ह्वाइट मेटालिकको ११ लाख १५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

Bmw g 310 r

के–के छन् विशेषता?
बीएमडब्ल्यू जी३१० जीएस मोटरसाइकल लामो यात्रा र भ्रमणका लागि उपयुक्त मोटरसाइकल हो। बीएमडब्ल्यू जी३१०जीएस ३ सय १३ सीसीको रहेको छ। यस मोटरसाइकलमा लिक्विड कुल्ड, डीओएचसी सिंगल र २०.७ फिट एलबीएस टर्क र ३४ हर्सपावरयुक्त यो बाइकको प्रस्तुति पनि उत्तिकै उत्कृष्ट रहेको छ। यसमा पर्याप्त ईएफआई प्रणाली छ भने एउटा सिलिन्डर पछाडितिर रहेको छ। कुल एयरलाई पास गर्न यसको व्यवस्था गरिएको हो। ५८ इन्चको ह्विलबेस रहेको यो बाइक चलाउन पनि निकै सजिलो रहेको कम्पनीले जनाएको छ।

त्यस्तै बीएमडब्ल्यू जी३१० आर एउटा स्ट्रिट नेकेट मोटरसाइकल हो। यसमा लिक्विड कुल्ड इन्जिन रहेको छ। दुईवटा ओभरहेड क्यामशाफ्ट, पछाडि टिल्टेड सिलिन्डर र इन्टेक ट्रयाक पोजिसनयुक्त यो बाइकको आउटपुट ९ हजार ५ सय आरपीएममा २५ केडब्ल्यू रहेको छ। यस्तै यसको टर्क क्षमता ७ हजार ५ सय आरपीएममा अधिकतम २८ एनएम रहेको छ। राइड स्टेबिलिटी यी बाइकका मुख्य विशेषता हुन्।

bm2 moto 1अटाे शाेमा बीएमडब्ल्युकाे माेटरसाइकलसँगै एक माेडल ।

यी बाइकमा ११०/७० आर १७ अगाडि टायर, १५०/६० आर १७ पछाडि टायर रहेका छन्। उच्च प्रस्तुति दिने ब्रेकिङ प्रणाली रहेको बाइकमा एबीएस स्ट्यान्डर्ड अपनाइएको छ। यसबाहेक पनि थुप्रै विशेषता बीएमडब्ल्यूका बाइकमा रहेका छन्। मल्टिफंक्स्नल क्लस्टर, मात्र ७ सय ८५ मिलिमिटरको कम उचाइको सिट, डाइनामिक रोडस्टर डिजाइन, एस१००आर इको, अप्सनल एसेसरिज आदि बाइकका विशेषता हुन्।

कहाँ किन्न पाइन्छ?
कम्पनीका अनुसार काठमाडाैंकाे नारायणचाैर नक्साल, नयाँबजार पोखरा, संगमपथ बुटवल, सेन्ट्रल बस टर्मिनल हाइवे चितवनमा कम्पनीका शोरुम रहेका छन्। साेही शाेरूमबाट ग्राहकले कम्पनीका बाइक किन्नसक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .