ad ad

कोशी


‘सिल’ सीमा नाकामा नेपालबाट फर्कने भारतीयको लर्को (तस्बिरहरू)

‘सिल’ सीमा नाकामा नेपालबाट फर्कने भारतीयको लर्को (तस्बिरहरू)

ध्रुव भट्टराई
मंसिर ३, २०७९ शनिबार १२:१२, विराटनगर

मंसिर ४ गते (आइतबार) हुने निर्वाचन प्रयोजनका लागि सीमा नाका सिल  गरिए पनि विराटनगरको रानी नाकामा भारतीय नागरिकको लर्को लागेको छ। उपचारलगायत विभिन्न कामका लागि नेपाल आएका भारतीय नागरिक स्वदेश प्रवेशका लागि नाकामा लर्को लागेका हुन्। 

बिहीबार मध्यरातिबाट सीमा सिल गरी भारतीय तथा नेपाली नागरिकलाई आवतजावतमा रोक लगाइए पनि शुक्रबार र शनिबार ठूलो संख्यामा भारतीय नागरिक स्वदेश फर्कर्ने क्रम रहेको नाकाका कार्यरत नेपाली सुरक्षकर्मीले बताएका छन्। 

शुक्रबार मात्र २ सयभन्दा बढी र शनिबार (आज) बिहान मात्र ६० जनाभन्दा बढी भारतीय नागरिक रानी नाका प्रयोग गरी आफ्नो देश फर्किएका छन्। मतदानका लागि भारतबाट नेपाल आउने नेपाली नागरिकको संख्या भने भारतीय नागरिकको संख्याको तुलनामा कम छ।

‘भारतका विभिन्न सहरमा कामको खाजीलगायतका लागि गएका नेपाली नागरिक फाटफुट रूपमा नेपाल प्रवेशको क्रम छ’, रानी नाकामा रहेका एक सुरक्षकर्मीले नेपालखबरसँग भने, ‘भारतीय नागरिक भने नेपालबाट भारत फर्किनेको संख्या अधिक छ। 

निर्वाचनका बेला सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सीमा नाका ७२ घण्टाका लागि सिल गरिएको छ।

सीमा सिल गरिएको अवस्थामा विशेष परिस्थितिबाहेक आवतजावतमा रोक लगाइएको छ। सीमा क्षेत्रबाट आवजजावत गर्नु परेको खण्डमा नेपाली नागरिकको हकमा नागरिकता र भारतीय नागरिकको हकमा आधार कार्ड हेरेर प्रवेश दिने गरिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .