स्वतन्त्र नागरिक अभियन्तासमेत रहेका लेखक युग पाठकले शनिबार झापाको दमकबाट आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन्।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका पाठकले औपचारिकरुपमै शनिबार दमकको मुख्य चोकबाट उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
झापा ५ मा एमालेबाट केपी शर्मा ओली उठ्दैछन् भने गठबन्धनबाट माओवादीका युवा नेता रञ्जित तामाङको नाम चर्चामा छ। नेपाली कांग्रेसले यहाँबाट संघीय टिकटका लागि खासै ताकेता नगरेको र प्रदेशमा मात्रै दाबी गरेको छ।
दमकको पिपलबोटबाट शनिबार दिउँसो ३ बजे उम्मेदवारी घोषणा गर्न लागेका पाठकले ‘उत्स्रवण आन्दोलन’ सम्बन्धी दस्तावेजसमेत सार्वजनिक गर्ने तयारी गरेका छन्।
असोज ७, २०७९, शुक्रबार
प्रतिक्रिया