राजनीति


जसपाका ४ सांसदलाई कारवाही गर्ने निर्णय पार्टीमा भएको छैन : महन्थ ठाकुर

जसपाका ४ सांसदलाई कारवाही गर्ने निर्णय पार्टीमा भएको छैन : महन्थ ठाकुर

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १३:५३,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै पत्र पठाएका छन्।

अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका सभामुखलाई पठाएको पत्रमा केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही नभएको उल्लेख छ।

पत्रमा लुम्बिनीमा पूर्वराजपा र पूर्वसमाजवादी पार्टीको प्रदेश कमिटी समायोजन नभएको बताइएको छ। तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भएको ठाकुरले बताएका छन्।

लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार जनालाई आज प्रदेश सभा सदस्यबाट मुक्त गरिएको थियो।

सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट मुक्त भएका हुन्।

जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट हटाएको जानकारी आएकोले पदमुक्त गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताएका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ४ सांसद मन्त्री बनेका थिए।

 यो पनि :

लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .