राजनीति


बीजेपीका विदेश विभाग इन्चार्ज चौथाइवाले र राजदूत आचार्यबीच भेटवार्ता

बीजेपीका विदेश विभाग इन्चार्ज चौथाइवाले र राजदूत आचार्यबीच भेटवार्ता

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ११:२७,

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतीय जनता पार्टी (बीजेपी) को विदेश मामिला विभागका इन्चार्ज विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

आचार्य र चौथाइवालेबीच आज बिहीबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा छलफल भएको हो।

‘नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको र मुख्यतः कोभिड–१९ सम्बन्धी विषयमा सहकार्य गर्नेबारे छलफल भएको थियो,’ आचार्यले बताएका छन्।

चौथाइवाले भारतको सत्तारुढ दल बीजेपीका प्रभावशाली नेता मानिन्छन्।

उनी यसअघि गत मंसिरमा तत्कालीन नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए।

सो भ्रमणका बेला उनले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य प्रमुख नेताहरुसँग भेटवार्ताहरु गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .