राजनीति


भारतको रोजाइमा केपी ओली : विजेपी नेता सुब्रमण्यम स्वामी

भारतको रोजाइमा केपी ओली : विजेपी नेता सुब्रमण्यम स्वामी

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १२:२,

भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको रोजाइको नेता भएको बताएका छन्।

नेपालमा नयाँ सत्ता समीकरणका लागि व्यापक कसरत भइरहेका बेला उनले सो टिप्पणी गरेका हुन्।

‘मेरो जानकारीमा भएअनुसार, नेपालमा भारतको रोजाइमा ओली नै थिए। यदि प्रचण्ड प्रधानमन्त्री भए भने चाहिँ चीनको जित हुनेछ,’ उनले मंगलबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

तर प्रचण्ड भने अहिले प्रधानमन्त्री बन्ने दाैडमा देखिएका छैनन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा बन्ने गठबन्धनलाई सहयाेग गरिरहेका छन्।

हिजाे संसदमा भएकाे मतदानमा विश्वासकाे मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। उनी पनि आफै बहुमत जुटाएर फेरि प्रधानमन्त्री बन्ने वा अरुकाे पनि बहुमत जुट्न नसकेकाे अवस्थामा सबैभन्दा ठूलाे दलकाे रुपमा सरकारकाे नेतृत्व गर्ने प्रयासमा छन्।

भारतको राज्य सभामा सांसद रहेका स्वामी यसअघि केन्द्रीय सरकारमा मन्त्री थिए।

उनी वीजेपीको विदेशी मामिला हेर्ने एक नेता हुन्।

नेपालमा सत्ता समीकरण हुँदा भारतले देखाउने चासो र सक्रियता सँधै चर्चामा हुने गर्छ।

नेपालमा नयाँ सरकार गठनका लागि बिभिन्न पक्षले आआफ्ना प्रयास जारी राखिरहेका बेला आएको स्वामीको टिप्पणीले भारतीय नेताहरुको चासोको संकेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .