राजनीति


माधव–झलनाथले बनाउने नयाँ पार्टीमा सहभागी हुन्छु : वामदेव गौतम

माधव–झलनाथले बनाउने नयाँ पार्टीमा सहभागी हुन्छु : वामदेव गौतम

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ७:२७,

नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपाल र झलनाथ खनाल पक्षले नयाँ पार्टी गठन गरे त्यो पार्टीमा आफुपनि सहभागी हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रतिनिधि सभामा विश्वासको मत नदिएर माधव–झलनाथ पक्षले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेका बेला आज नै गौतमले नयाँ पार्टीमा आफुपनि सहभागी हुने बताएका हुन्।

‘वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन’, गौतमको भनाई उधृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले लेखेका छन्, ‘तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत वामदेव गौतमले जारी गरेको वक्तव्य :

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ।

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे :
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो। तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष क. वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो।

२. क. माधव नेपालहरुका सन्दर्भमा :
वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन। तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।

Bamdev PR

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .