राजनीति


शीतलनिवासमा सर्वदलीय बैठक सुरु, तीन पूर्वप्रधानमन्त्री गएनन्

शीतलनिवासमा सर्वदलीय बैठक सुरु, तीन पूर्वप्रधानमन्त्री गएनन्

नेपालखबर
चैत ३, २०७७ मंगलबार ११:१७,

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

शीतलनिवासमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत उपस्थित भएका छन्।

 बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा भने अनुपस्थित भएका हुन्।

बैठकमा राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .