राजनीति


नेपाल प्रहरीको एआईजीमा पोख्रेल सिफारिश, महानिरीक्षक बन्न मार्गप्रशस्त

नेपाल प्रहरीको एआईजीमा पोख्रेल सिफारिश, महानिरीक्षक बन्न मार्गप्रशस्त

उजिर कार्की
मंसिर १५, २०७७ सोमबार १२:५२,

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिश गरिएको छ।

बढुवा समितिको सोमबार बसेको बैठकले उनलाई एआईजीमा सिफारिश गरेको हो।

सरकारले मंसिर ३ गतेको मन्त्रिपरिषदबाट एआईजीकाे एक दरबन्दी थप गर्ने निर्णय गरेको थियो। 

गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहने सो समितिले साेहि दरबन्दीका लागि पोख्रेलको मात्र नाम सिफारिश गरेकाे हाे।

यो पनि : विश्वराज पोख्रेललाई प्रहरी महानिरीक्षक बनाउन सरकारले बाटो खोल्यो

यो सिफारिशलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि उनी एआईजी बन्नेछन्।

याेसँगै पोख्रेल २०७९ बैशाख २० देखि चैत २९ गतेसम्म प्रहरी महानिरीक्षक बन्ने निश्चित भएको छ।

एसएसपीबाटै आफ्ना ब्याचीलाई उछिन्दै अगाडी बढेका पोख्रेल एआईजीमा बढुवा भएसँगै उनी प्रहरी प्रमुख बन्न मार्गप्रशस्त भएको हो।

यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोख्रेल एकमात्र बढुवामा परेका थिए। सरकारले उनलाई २०७६ वैशाखमा डीआईजीमा बढुवा गरेको थियो।

याे पनि:
प्रहरी बढुवाको बाटो खुल्यो : एआईजीमा सहज, डीआईजीमा तीव्र प्रतिस्पर्धा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .