राजनीति


मुख्यमन्त्री पोखरेल भन्छन् : सहमतिको सूत्र नै स्थायी समितिका निर्णयको कार्यान्वयन

मुख्यमन्त्री पोखरेल भन्छन् : सहमतिको सूत्र नै स्थायी समितिका निर्णयको कार्यान्वयन

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १७:१५,

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका शीर्ष नेताहरुलाई पछिल्लो स्थायी कमिटीको निर्णयका आधारमा अहिलेका विवाद समाधान गर्न आह्वान गरेका छन्।

उनले अहिले संकटउन्मुख रहेको पार्टीलाई एकतावद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित रहेको बताएका छन्।

‘हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ,’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राखेका छन्, ‘एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन।’

उनले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमतिभन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुने जिकिर गरेका छन्।

‘त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकताको वाटोतर्फ फर्कनु होस, आम पार्टीपंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो,’ उनले भनेका छन्, ‘सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो। तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु।’

याे पनि: 
नेकपा स्थायी समितिको निष्कर्ष- सरकारका महत्वपूर्ण निर्णय सचिवालयको सुझाव र दुई अध्यक्षको सहमतिमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .