राजनीति


कमल थापा : कम्युनिष्ट र समाजवादीबाट खतरा बढ्यो, विश्वभरका दक्षिणपन्थी र परम्परावादीको गठबन्धन बलियो बनाउँ

कमल थापा : कम्युनिष्ट र समाजवादीबाट खतरा बढ्यो, विश्वभरका दक्षिणपन्थी र परम्परावादीको गठबन्धन बलियो बनाउँ

नेपालखबर
साउन १५, २०७७ बिहिबार ३:४८,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन्।

उनले तथाकथित् कम्युनिष्ट र समाजवादीहरुबाट उत्पन्न खतरा अझै कायम रहेको भन्दै दक्षिणपन्थी र परम्परावादी शक्तिहरुबीचको सञ्जाल र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने जिकिर गरेका हुन्।

थापाले अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको कार्यकारी बैठकमा दिएको मन्तव्यमा सो कुरा व्यक्त गरेका हुन्।

‘मेरो विचारमा मध्य–दक्षिणपन्थीहरुको हाम्रो विश्वव्यापी गठबन्धनसामु विशाल संभावना छ,’ उनले भनेका छन्, ‘विखण्डन र छिटोछिटो परिवर्तन भइरहेको अहिलेको विश्वमा हामीसामु आफ्नो संगठनलाई अझ विस्तार गर्ने, संसारभरका अझै धेरै परम्परावादीहरुबीच सञ्जालसँग सहकार्य गर्नुपर्छ,’ थापाले भनेका छन्।

सो वक्तव्यमा उनले विश्वभर तथाकथित कम्युनिष्ट र समाजवादीहरु आमरुपमा ओरालो लागे पनि त्यो धारबाट उत्पन्न खतरा भने कायमै रहेको जिकिर गरेका छन्।

‘वास्तवमा, यो नयाँ अर्थ र आकारमा प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारमाथि खतराको रुपमा उदाएको छ,’ उनले भनेका छन्, ‘त्यसकारण विचार मिल्ने राजनीतिक दलहरुको एकता र गठबन्धन अझै सशक्त पार्नु आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .