प्रतिनिधि सभाको निर्वाचनमा महोत्तरी-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दिपककुमार साह निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका साह ३२ हजार ७२२ मत पाएर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी जसपा नेपालका शरतसिंह भण्डारीले १० हजार १९८ मत पाएका छन्।
त्यस्तै नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५, नेकपा (एमाले)का कासिम नदाफले ३ हजार ५२४ र नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत पाएका छन्।
36
Shares

प्रतिक्रिया