राजनीति


पाथीभरामा स्थानीयमाथि प्रहरीले दमन गरे : माओवादी केन्द्र

पाथीभरामा स्थानीयमाथि प्रहरीले दमन गरे : माओवादी केन्द्र

पाथीभरामा भएको झडप । फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार १६:२२, विराटनगर

नेकपा माओवादी केन्द्र कोसी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरी दमन भएको आरोप लगाएको छ।

माओवादी काेसीका अध्यक्ष हर्कबहादुर नेम्वाङले आइतबार विज्ञप्ति जारी गर्दै विवाद समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति बनाउन उसले माग गरेका छन्। 

‍केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौँ घाइते भएको बताउँदै सरकारले वार्ता तथा संवादबाट समाधान खोज्नुपर्नेमा बल प्रयोग गरिएको भन्दै माओवादीले आपत्ति जनाएको छ। त्यस्तै आन्दोलनकारीलाई लपेट्ने प्रयास निन्दनीय र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

'आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन। बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ,' उनले भनेका छन्, 'हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भर्त्सना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुवै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपील गर्दछ।' 

आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै सरकारले तत्काल मन्त्री स्तरीय वार्ता समिति गठन गर्नुपर्ने, केबलकार निर्माणको कामलाई स्थगन गरेर संवाद थाल्न र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्ताबाट निकास खोज्न तयार हुन माओवादीले विज्ञप्तिमा भनेको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad