राष्ट्रिय सुरक्षा प्रमुख चेङको बढुवा, हङकङका लागि बेइजिङको शीर्ष दूत नियुक्त

राष्ट्रिय सुरक्षा प्रमुख चेङको बढुवा, हङकङका लागि बेइजिङको शीर्ष दूत नियुक्त

नेपालखबर
पुस ३०, २०७९ शनिबार १४:०, काठमाडौँ

हङकङस्थित बेइजिङले नियुक्त गरेको राष्ट्रिय सुरक्षा प्रमुखको बढुवा भएको छ। उनी सम्पर्क कार्यालयका प्रमुख अर्थात् हङकङका लागि केन्द्र सरकारको शीर्ष दूत बनेका छन्।

५९ वर्षीय चेङ याङसियोङले नयाँ पद धारण गरिसकेका छन्। यसअघि सो पदमा रहेको ६८ वर्षीय लुओ हुनिङले भने अवकाश पाएका छन्। 

चेङ २०२० को जुलाईमा शक्तिशाली राष्ट्रिय सुरक्षा प्रमुखको पदमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा कानुन लागू भएको एक महिनापछि सो कार्यालय स्थापना गरिएको थियो। जसले राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनको निरीक्षण गर्छ।

चेङ खरो अभिव्यक्तिका लागि परिचित छन्।

‘उनले नतिजा दिए। उनको एजेन्सीले गएका दुई वर्षमा महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैले उनलाई अझ ठूलो भूमिका दिइएको हो,’ एक सरकारी स्रोतले भन्यो।

चेङको नियुक्तिले हङकङमा राष्ट्रिय सुरक्षाको मामिलामा बेइजिङको स्पष्ट रेड लाइन जारी रहने संकेत गरेको स्रोतले बतायो।

‘उनको हङकङका प्रमुख कार्यकारी जोन लीसँग पनि एकदम राम्रो सम्बन्ध छ। दुवै सुरक्षा पृष्ठभूमिका हुन्,’ स्रोतले भन्यो।

बढुवाको अर्थ, चेङ अब मन्त्री सरहको पदमा नियुक्त भएका छन्। यससँगै उनी कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा पनि पर्नेछन्। एससीएमपी 


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .