नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीपछि चीनका राष्ट्रपति सी चिनफिङसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्दै छन्।
प्रधानमन्त्री ओलीले सीसँग शनिबार नै भेटवार्ता गरिसकेका छन्। त्यस क्रममा उनले नेपाली भूमि लिपुलेकलाई चीन र भारतले व्यापारिक मार्ग बनाउने भनेर गरेको सहमतिप्रति आपत्ति जनाएका छन्।
यसैबीच अब चीनका राष्ट्रपति सीसँग भारतका प्रधानमन्त्री मोदीले आज भेटवार्ता गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यसअघि मोदीले २०१८ मा चीनको भ्रमण गरेका थिए। जुन २०२० मा भएको गलवान झडपयता मोदी पहिलोपटक चीन गएका हुन्। यस भ्रमणको उद्देश्य दुई देशबीचको सीमा विवाद कम गर्नु पनि रहेको बताइएको छ।
चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि नेपाल र भारतसहित २० भन्दा बढी देश सहभागी हुँदै छन्।
Shares

प्रतिक्रिया