राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी कार्यक्रममा सहभागी हुन बुधबार पोखरा आउँदै छन्।
लामिछानेले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम रहेको रास्वपाले जनाएको छ। रास्वपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार, लामिछानेले कास्कीको तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट गर्नेछन्।
बेलुकी ५ बजे चिप्लेढुंगाको कार्यक्रम सकेपछि राति पोखरामै बस्ने जनाइएको छ। त्यससँगै कार्यकर्तासँग भेटघाट गर्ने भएका छन्।
बिहीबार उनी जिल्ला अदालत, कास्कीमा उपस्थित हुनेछन्। बिहीबार तारेख रहेको अदालत स्रोतले जानकारी दिएको छ।
लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा विचाराधीन रहेको छ।
105
Shares

प्रतिक्रिया