ad ad

राजनीति


समानुपातिकमा घण्टीले कटायो १० लाख मत

समानुपातिकमा घण्टीले कटायो १० लाख मत

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १७:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ १० लाख मत कटाएको छ। निर्वाचन आयोगले जारी मतगणनाबारे आइतबार बेलुकी सवा ५ बजे अद्यावधीक गरेको मतपरिणाममा स्वतन्त्र पार्टीले १० लाख मत कटाएको हो।

यो दल घण्टी चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएको हो।

आयोगका अनुसार चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत १० लाख ८ हजार ४४४ पुगेको छ।  

पहिलो स्थानमा रहेको नेकपा एमाले र दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबीच १ लाख २३ हजार ४२४ मतले अगाडि छ। एमालेको २४ लाख ४२ हजार २८६ र कांग्रेसको २३ लाख १८ हजार ८६२ मत छ। 

नेकपा माओवादी केन्द्र १० लाख १६ हजार ६९ मतका साथ तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को मत ५ लाख २७ हजार २९१ मत पुगेको छ। 

आयोगको वेवसाइटमा पाँचौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख ३ हजार १५२ र नेकपा एकीकृत समाजवादीले २ लाख ३८ हजार ९२६ मत ल्याएका छन्। 

जनमत पार्टीको प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ३७ हजार मत पुग्दा नागरिक उन्मुक्ति पार्टी २ लाख २ हजार २८० मत ल्याउन सफल भएको छ। 

सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को मत १ लाख २२ हजार ८०८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .