राजनीति


समानुपातिक मत अपडेट : राप्रपाले ५ लाख, जसपाले ३ लाख कटाए

समानुपातिक मत अपडेट : राप्रपाले ५ लाख, जसपाले ३ लाख कटाए

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १५:२०, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख कटाएको छ। 

निर्वाचन आयोगका अनुसार आज दिउँसो ३:१२ बजेसम्म जसपाले ३ लाख ३ सय ३० समानुपातिक मत ल्याएको हो।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक मतको संख्या ५ लाख कटाएको छ। यो खबर तयार पार्दासम्म उसले ५ लाख ९ हजार ४ सय ४२ मत ल्याएको छ। 

समानुपातिकतर्फ पहिलो स्थानमा रहेको एमालेले चाहिँ मत संख्या २४ लाख पुर्‍याउन लागेको छ। अहिलेसम्म उसले २३ लाख ९१ हजार ७ सय ७८ मत प्राप्त गरेको छ।

दोस्रोमा कांग्रेसले २२ लाख ८३ हजार ६ सय ९० मत ल्याएको छ भने तेस्रो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ९ लाख ९९ हजार ८ सय ९० मत पाएको छ। समानुपातिकतर्फ चौथो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ५८ हजार ७ सय ३ मत ल्याएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .