काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन्।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२) को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार २१८ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार १३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार ७९७ मत प्राप्त गरेका छन्।
108
Shares

प्रतिक्रिया