ad ad

राजनीति


काठमाडौं–३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौं–३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २३:३७, काठमाडौँ

नेपाली कांग्रेसका नेता सन्तोष चालिसे काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईलाई झण्डै ४ हजार मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगले चालिसे १५ हजार १५८ मतसहित विजयी भएको घोषणा गरेको छ। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राईले ११ हजार १९६ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्री ५ हजार ८६५ मतका साथ तेस्रो भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २ हजार ५११ र नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंले ५१८ मत पाएका छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट एमाले नेता राई विजयी भएका थिए। कांग्रेस नेतृ अम्बिका बस्नेत दोस्रो र विवेकशील साझाकी सुमित्रा सिंह लामा तेस्रो भएका थिए।

यस निर्वाचन क्षेत्रबाट एमालेका राई १९ हजार १६९ मतसहित विजयी हुँदा कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत र विवेकशील साझाकी लामाले २ हजार २०५ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .