ad ad

राजनीति


बागमतीको उपसभामुखमा तीनजनाको उम्मेदवारी

बागमतीको उपसभामुखमा तीनजनाको उम्मेदवारी

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १७:४७, हेटौंडा

बागमती प्रदेशको उपसभामुखमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।

सत्ता गठबन्धनतर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेको चापागाईंलाई कुमारी मोक्तान प्रस्तावक तथा आशा लामाको समर्थनमा उम्मेदवारी दर्ता भएको हो। 

यस्तै नेमकिपाका काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाइँको समर्थनमा छ। 

यस्तै कांग्रेसकी परियारको पक्षमा प्रस्तावक उत्तम जोशी र यान्किला शेर्पाको समर्थक छ।

बागामती प्रदेश उपसभामुखको निर्वाचन माघ २ गते हुने प्रदेश सभा सचिव कृष्णहरि खड्काले बताए। 

११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .