राजनीति


गुठी विधेयकविरुद्धको आन्दोलन स्थगित

गुठी विधेयकविरुद्धको आन्दोलन स्थगित

नेपालखबर
असार ३, २०७६ मंगलबार १६:१३,

सरकारले संसदमा विचारधिन गुठी सम्बन्धी विधेयक फिर्ता लिएसँगै सो विधेयक विरुद्ध जारी आनदोलन पनि स्थगित भएको छ।

मंगलबार संघर्ष समितिले विज्ञप्ति निकालेर घोषित सबै कार्यक्रम स्थगित गरेको जनाएको हो।

डा. महेशमान श्रेष्ठको संयोजकत्वमा गठित ‘गुथि विधेयक संयुक्त प्रतिरोध कार्यक्रम’ ले घोषणा गरेको असार ४ गते माइतीघरमा आयोजना गरिएको प्रतिरोध सभालगायत सबै कार्यक्रम हाललाई स्थगित गरेको जनाएको हो।

संयोजक श्रेष्ठले गुठी विधेयक फिर्ता लिनु स्वागतयोग्य भएको तर, मंगलबार प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलनमा अभिव्यक्त गरेका भाषा शैली भने आपत्तिजनक रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .