राजनीति


कालिका नगरपालिकाले चैतमै विकासका काम सक्ने, असोजमै योजना छनौट

कालिका नगरपालिकाले चैतमै विकासका काम सक्ने, असोजमै योजना छनौट

नेपालखबर
असोज ४, २०७६ शनिबार ३:५४,

आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि चितवनको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ।

आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार समय छँदैछ भन्दै कामलाई असार मसान्तसम्म पु¥याउने परिपाटी अन्त्य गर्दै चालू आर्थिक वर्षबाट चैतलाई आर्थिक मसान्त मानेर काम गर्न थालिएको हो।

यही असोज २ गते कार्यपालिकाको बैठक बसेर असोज मसान्तभित्र उपभोक्ता समिति निर्माण गरी काम अघि बढाउन लागिएको हो। गत वर्षमा वैशाखसम्म उपभोक्ता समिति गठन गर्ने गरिन्थ्यो।

वडा कार्यालय र नगरपालिका कार्यालय भवनको बोलपत्र आह्वान भई काम अघि बढिसकेको भन्दै श्रेष्ठले बहुवर्षीयबाहेकका सबै योजना चैतमा सक्ने गरी काम अघि बढ्ने बताए।

आर्थिक वर्षको मसान्त असारमा भएको र सो समयमा वर्षात् हुने भएकाले धेरै योजना हतारमा सक्ने गर्दा काम कमजोर हुने गरेको छ। सबै वडा कार्यालयलाई चैतसम्ममा काम सक्ने गरी योजना बनाउन निर्देशन दिइएको श्रेष्ठले जानकारी दिए।

कुनै विशेष कारण चैतमा काम नसकिएमा वैशाख र जेठमा सुक्खा हुने भएकाले ती योजनालाई प्राथमिकता दिएर काम गर्न सकिने नगरपालिकाले जनाएको छ। कालिका नगरपालिकाको चालू आवको बजेट ७८ करोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .