राजनीति


नेकपा सचिवालय बैठक सकियो, उपनिर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी विष्णु पौडेललाई

नेकपा सचिवालय बैठक सकियो, उपनिर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी विष्णु पौडेललाई

नेपालखबर
भदौ २५, २०७६ बुधबार १२:२२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुबाटारमा बुधबार साँझ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ।

पार्टी सचिवालय सदस्य झलनाथ खनालले नेपालखबरसँग कुरा गर्दै बैठकले उपनिर्वाचनका लागि दल दर्ताको जिम्मेबारी महासचिव पौडेललाई दिएको बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।

पार्टी एकताका बाँकी काम अगाडि बढाउन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको नेता खनालले बताए।

पूर्वमन्त्री रवीन्द्रै अधिकारीको निधन भएपछि खाली रहेको कास्की क्षेत्रनम्बर २ लगायत रिक्त रहेका प्रदेशसभा र स्थानीत तहको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर १४ गतेलाई उपनिर्वाचनको मिति तोकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad