राजनीति


सिंगापुर पुगेका ऊर्जामन्त्री पुनले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी

सिंगापुर पुगेका  ऊर्जामन्त्री पुनले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी

नेपालखबर
भदौ १४, २०७६ शनिबार १३:३२,

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

शनिबार मन्त्री पुनले सिंगापुरस्थित प्रधानमन्त्री ओली उपचाररत अस्पतालनेसनल युनिभर्सिटी अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जनाकारी लिएका हुन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसको जानकारी दिएका छन्। उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिलेसम्मको उपचारबाट उल्लेख्य सुधार भएको जानकारी दिए।

प्रधानमन्त्री ओली सोमबार र बुधवारको जाँचपछि नेपाल फर्कने मन्त्री पुनले जानकारी दिए।

‘आज सिगापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो,’ मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य अवस्था सामान्य रहेको छ, सोमबार र बुधवारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो। थप स्वास्थ्य लाभको कामना।’

भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको भदौं ६ गतेबाटै प्लाज्मा फेरेसिस विधिबाट मिगौलाको उपचार सुरु गरिएको थियो। प्रधानमन्त्री ओलीको आजसम्म पाँच पटक प्लाज्मा फेरेसिस प्रक्रियाबाट  उपचार गरिएको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएपछि उनीसँगै सिंगापुर गएकी  निजी चिकित्सक डा. दिव्या शाह बुधबार नै  स्वदेश फर्किसकेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .