ad ad

राजनीति


मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्विल लक

मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्विल लक

नेपालखबर
भदौ ११, २०७६ बुधबार १२:३१,

अनधिकृत रुपमा गाडी पार्किङ गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ।

मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार ट्राफिक प्रहरीले ह्विल लक गरेको हो।

गाडी पार्किङ गर्न नपाइने ठाउँमा पार्किङ गरेको भेटिएपछि ह्लि लक लगाइएको ट्राफिक प्रहरीका एक अधिकृतले बताए। उनका अनुसार कारबाहीस्वरुप चालकलाई पाँच सय रुपैयाँ जरिवाना गरिनेछ।

केही दिनअघि सिंहदरबार दक्षिण गेटमा अनधिकृतरुपमा पार्किङ गरेको गृह मन्त्रालयका एक सहसचिवको गाडीमा पनि ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .