चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ्स ‘बीआरआई’ अवधारणामार्फत तिब्बत नेपालसहित दक्षिण एसियाली मुलुकसँग अझ नजिकिने भएको छ।
तिब्बत चीनको स्वायत्त क्षेत्र हो। त्यहाँको सरकारले शुक्रबार चीनको बीआरआई अवधारणामार्फत तिब्बत अगाडि बढ्ने बताएको छ।
ल्हासामा आयोजित ‘तिब्बत विकास भेला २०१९’ कार्यक्रममा नेपालसहित ३७ राष्ट्रका प्रतिनिधि सहभागी भएका थिए।
उक्त भेलामा बोल्दै त्यहाँको क्षेत्रीय सरकारका अध्यक्ष चि डाल्हाले भने,‘क्षेत्रीय सरकारले बीआरआईको अवधारणामार्फत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्नेछ।’
उनले तिब्बत क्षेत्रीय सरकार र नेपालबीच विशेष सम्बन्ध रहने बताएका थिए।
‘तिब्बतले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ हेरेको छ’, सो क्रममा उनले नेपाल र तिब्बबीच हिमाली क्षेत्रसहित बहुआयामिक सञ्जालको निर्माण हुने बताउँदै भने, ‘चीन र नेपाल सही साझेदार र छिमेकी हो। तिब्बत नेपालको हिमाली क्षेत्रको आर्थिक कारोबारमा सहकार्य गर्न चाहन्छ।’
सो क्रममा अध्यक्ष डाल्हा चीनले बंगलादेश–चीन–भारत–म्यानमार आर्थिक कोरिडोरको स्थापना गर्न चाहेको पनि धारणा राखे।
नेपालका तर्फबाट ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालका अध्यक्ष राजिवकुमार झा तिब्बत पुगको थिए। उनले पछिल्लो समय तिब्बतको व्यापारमा नेपालको ठूलो भूमिका रहेको बताए। उनले आर्थिकसँगै सांस्कृतिक मूल्य मान्यता पनि आदान–प्रदान हुँदै गएको धारणा राखेका थिए।
प्रतिक्रिया