राजनीति


संसद् विघटन मुद्दा: आज सभामुखका तर्फबाट बहस थालिने सम्भावना, यी हुन् सहभागी हुने ५ अधिवक्ता

संसद् विघटन मुद्दा: आज सभामुखका तर्फबाट बहस थालिने सम्भावना, यी हुन् सहभागी हुने ५ अधिवक्ता

नेपालखबर
असार १८, २०७८ शुक्रबार ५:१५,

संसद् विघटनसम्बन्धी मुद्दामा आज सरकार पक्षको बहस सकिएपछि सभामुख अग्निप्रसदा सापकोटाका तर्फबाट बहस सुरु हुने सम्भावना छ।

प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै उनीसमेत १४६ सांसदले हालेको रिट निवेदन सम्बन्धमा विपक्षी अर्थात् सरकार पक्षका वकिलले आज आफ्नो बहस सकाउँदै छन्।

यो पनिसंसद् विघटन मुद्दा : सरकार पक्षको बहस आज सकिँदै

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकार पक्षको बहस आज सकिने र त्यसपछि भामुख सापकोटाका तर्फबाट बसह सुरु हुने भएको हो।

त्यसका लागि सभामुखका तर्फबाट बहस गर्ने अधिवक्ताको सूची बनाइएको छ। सूचीमा वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .