राजनीति


रूपा सुनार प्रकरणले पोखरामा पनि तनाव, शिक्षामन्त्रीविरुद्ध प्रदर्शन गर्दा ३ जना पक्राउ

रूपा सुनार प्रकरणले पोखरामा पनि तनाव, शिक्षामन्त्रीविरुद्ध प्रदर्शन गर्दा ३ जना पक्राउ

नेपालखबर
असार १५, २०७८ मंगलबार १५:९,

काठमाडौंमा सञ्चारकर्मी रूपा सुनारलाई जातीय भेदभाव गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई हिरासतमुक्त गराउनाका साथै सरकारकै झन्डावाल गाडीमा चढाएर घर पुर्याई पीडककै पक्षपोषण गरेको भन्दै मंगलबार पोखरामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध प्रदर्शन गरिएको छ।

त्यस क्रममा प्रहरीले ईश्वर नेपाली, नेत्र चापागाईं र रेशम सापकोटालाई नियन्त्रणमा लिएको जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल गण्डकी प्रदेश समितिले जनाएको छ।

घटनाको विरोध गर्दै समितिले उनीहरूलाई निःसर्त रिहा गर्न माग गरेको छ।

gandai morcha

यो पनि :

रूपा सुनारविरुद्ध भ्रम फैलाउने ६ अनलाइन बन्द गराउन पत्राचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .