राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दै छ।
अहिले बिहान ११ बजे सुरु हुने बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले पनि राष्ट्रियसभामा विधेयक प्रस्तुत गर्दै छन्।
भूमि सम्बन्धी ९आठौं संशोधन० विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री अर्यालले प्रस्तुत गर्न लागेको संसद् सचिवाललयले जनाएको छ।
दुवै विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो।
3
Shares

प्रतिक्रिया