संसद् विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिको आदेश माग गर्दै सर्वाेच्च अदालतमा हालिएको मुद्दाका पक्षबाट बहस गरिरहको वकिलप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आक्रोश पोखेका छन्।
रिट निवेदक देउवासमेत १४६ सांसदका पक्षबाट संवैधानिक इजलासमा बहस गरिरहेका कानुन व्यवसायीलाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता बाँस्कोटाले ‘कालोकोटधारी नाथुराम गोड्सेका समर्थक’ को आरोप लगाएका हुन्।
साथै उनले महान्याधिवक्ताका तर्कले देउवा पक्षका वकिलको बहसलाई माथ खुवाएको दाबी पनि गरेका छन्।
‘केही कालोकोटधारी नाथुराम गोड्सेका समर्थकविरुद्ध महान्याधिवक्त्ताको भाइब्रेन्ट बहस– लौ त ! कसले कसरी निर्दल ल्याउँदो रहेछ,’ बाँस्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखका छन्, ‘स्वतन्त्र सांसद वा कुनै दलको कुनै सांसदलाई दलहरूले नै समर्थन गरेमा बहेक घामबाट थाकेर ददै रुखमुखि गएर बस्ने सांसदले दाबी गर्दैमा घाम नै रुखमुनि गएको हुँदैन।’

प्रतिक्रिया