ad ad

राजनीति


जसपा यादव पक्षले पार्टीको आधिकारिकता प्राप्त गर्न निर्वाचन आयोगमा निवेदन दिने

जसपा यादव पक्षले पार्टीको आधिकारिकता प्राप्त गर्न निर्वाचन आयोगमा निवेदन दिने

नेपालखबर
असार ४, २०७८ शुक्रबार ०:३१,

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षले पार्टीको आधिकारिकता लिन निर्वाचन आयोगमा निवेदन दिने भएको छ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी प्रस्तुत गर्नेलगायत महत्त्पूर्ण ६ निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए।

उनका अनुसार बैठकले गरेका ६ निर्णय यी हुन् :

१. पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी प्रस्तुत गर्ने।

२. लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने

३. चुरे दोहन गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गर्ने

४. प्रतिगमनविरुद्ध र अग्रगमनका पक्षमा सम्पूर्ण पार्टी पंक्ति लाग्न आग्रह गर्ने

५. बाढी पहिरोमा परेकाकाे उद्धार र तिनलाई राहतका लागि खट्न नेता/कार्यकर्तालाई निर्देशन 

६. बाढी पहिरोपीडितकाे उद्धार तथा तिनलाई राहत व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गराएयता जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमा विभाजन भएको हो। ओलीले गत जेठ ७ गते दोस्रोपटक संसद् विघटन गराएयता यो पार्टीका यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध भई सरकारको विरोध गरिरहेको छ भने ठाकुर पक्ष सरकारमा सहभागी भएको छ।

यस क्रममा दुवै पक्षले अध्यक्षसहितका नेताहरूलाई पार्टीबाट निष्कासनै गरेको निर्णय गरेका छन्। तर निर्वाचन आयोगले दुवैका निर्णय अवैधानिक भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .