ad ad

राजनीति


नेपाल पक्षका १४ स्थायी समिति सदस्यको निष्कर्ष : बाढीअघि सरकारले पूर्वतयारी गरेन

नेपाल पक्षका १४ स्थायी समिति सदस्यको निष्कर्ष : बाढीअघि सरकारले पूर्वतयारी गरेन

नेपालखबर
असार ३, २०७८ बिहिबार ९:५२,

नेकपा–एमालेको माधव नेपाल नेतृत्वको समूहले बाढी पहिरो र डुबानको समस्या समाधान गर्न सरकारले राम्रो तयारी नगरेको बताएको छ।

नेपाल नेतृत्वको पक्षको स्थायी समिति सदस्यहरुको बैठकले सो निष्कर्ष निकालेको हो।

‘वर्षा याममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ।’

बैठकमा दुई पदेन सदस्यसहित १४ जना स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको वक्तव्यमा उल्लेख छ।

वक्तव्यको पूर्णपाठ:

MadhavNepal badhi statement

यो पनिः
गंगालाल तुलाधरको नेतृत्वमा नेपाल पक्षले बनायो विपद् व्यवस्थापन समिति

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .