राजनीति


कर्णाली प्रदेश : सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले ह्वीप

कर्णाली प्रदेश : सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले ह्वीप

नेपालखबर
असार १, २०७८ मंगलबार ९:२,

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

आज बसेको संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि पेस गरेको वार्षिक नीति तथा कार्यक्रमका विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए।

प्रदेश सभामा फ्लोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका ४ सांसद सर्वोच्च अदालतले आदेशपछि पुनर्वाहली भएका छन्।

बैठकमा माधव नेपाल पक्षमा रहेका ३ मन्त्री भने अनुपस्थित भएक थिए।

४ जना सांसद पनि प्रदेश सभा बैठकमा आएको र एमालेकै सांसद भएकोले विपक्षमा मतदान गर्नु पर्ने शाहले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .