बेलायती विदेशमन्त्री डोमिनिक राबका अनुसार म्याक्रोंले उत्तरी आयरल्यान्ड बेलायतको हिस्सा नभएको बताएपछि जोन्सन म्याक्रोंसँग भड्किएका हुन्।
राबले म्याक्रोंको अभिव्यक्तिलाई अपमानजनक भनेका छन्। राबले युरोपेली संघले उत्तरी आयरल्यान्डलाई दोहोर्याउँदै अलग देशको रुपमा व्याख्या गर्न गलत भएको पनि बताए।
बेलायत युरोपेली संघबाट बाहिरिसकेको छ। यसबीचमा उत्तरी आयरल्यान्डको विषयमा प्रश्न उठाइएपछि जोन्सन रिसाएको द टेलिग्राफले पनि उल्लेख गरेको छ।
उत्तरी आयरल्यान्डको विषयमा यसअघि पनि विवाद हुँदै आएको थियो।
प्रतिक्रिया