ad ad

राजनीति


काठमाडौंमा सामान्य हेरफेरसहित अहिलेजस्तै निषेधाज्ञा थपिने

काठमाडौंमा सामान्य हेरफेरसहित अहिलेजस्तै निषेधाज्ञा थपिने

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ९:३६,

काठमाडौं उपत्यकामा अहिलेकै अवस्थामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ। आज आइतबार अपरान्ह ३ बजेबाट बस्ने बैठकमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले यसबारे निर्णय गर्दैछन्।

यसअघि थप भएको निषेधाज्ञा सोमबार रातिबाट सकिने भएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय गर्न बैठक सुरु भएको हो।

‘थप सहज बनाउने भन्ने विषयमा पनि छलफल भएको हो। तर कोरोनाको जोखिम सोचे जसरी घटिरहेको छैन’, एक प्रमुख जिल्ला अधिकारीले बैठकअघि नेपालखबरसँग भने, ‘एक हप्ता वा १० दिन अहिलेकै मोडलमा थप हुन्छ।’

अहिले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी यसबारे निर्णय गर्न छलफलमा जुटेका छन्।

उनले पुस्तक पसल र अन्य पसललगायतमा सामान्य हेरेफेर गर्ने कि भन्ने एउटा प्रस्ताव पनि आएको र त्यसबारे टुंगो लगाएर मूलतः अहिलेको जस्तै निषेधाज्ञा जारी राख्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .