गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धनका सांसद सशरीर प्रदेश प्रमुख निवासमा पुगेका छन्।
गठबन्धनका सबै ३१ जना सांसद प्रदेश प्रमुख सीता पौडेलको सरकारी निवासमा पुगेका हुन्।
उनीहरुलाई निवास भित्र प्रदेश गर्न दिइएको छैन। कडा सुरक्षाबीच सांसदहरु निवास बाहिर पलेटी कसेर बसेका छन्।
शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
तर आज गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपा महन्थ पक्षको पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
प्रतिक्रिया