ad ad

राजनीति


गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्न दिइयो भोलि ३ बजेसम्मको समय, विपक्षी गठबन्धन तयारी अवस्थामा

गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्न दिइयो भोलि ३ बजेसम्मको समय, विपक्षी गठबन्धन तयारी अवस्थामा

वाशुदेव मिश्र
जेठ २८, २०७८ शुक्रबार ९:५६,

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले सो प्रदेशमा सरकार गठनका लागि भोलि शनिबार ३ बजेसम्मको समय दिएकी छन्।

उनले २४ घण्टाको समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

त्यसअनुसार दाबी गर्न विपक्षी दलका सांसदहरु संसदीय दलको कार्यालयमा तयारी अवस्थामा रहेका छन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको नेतृत्वमा सरकारको दावी गर्न विपक्षी गठबन्धनका सांसदहरु तयारी अवस्थामा रहेका हुन्। यसअघि मन्त्री रहेका दीपक मनाङेले पनि पोखरेलको पक्षमा हस्ताक्षर गरेका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउँ भन्ने प्रस्तावमाथि बिहीबार प्रदेश सभामा मतदान भएको थियो। गुरुङको प्रस्तावमा बहुमत प्राप्त नभएपछि उनी स्वतः पदमुक्त भएका छन्। त्यसपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको हो।

हेरौं प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाः

Gandaki notice 28Jeth 1 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .