राजनीति


प्रधानमन्त्रीको सिंगापुरमा उपचार चिकित्सककै सल्लाहमाः स्वास्थ्यमन्त्री यादव

प्रधानमन्त्रीको सिंगापुरमा उपचार चिकित्सककै सल्लाहमाः स्वास्थ्यमन्त्री यादव

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १२:०,

उपप्रधानमन्त्री एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाक्टरहरुको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लागेका स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावलीको परिच्छेद ८ बमोजिम प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री यादवले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकै सल्लाहमा उनको सिंगापुरमा उपचार गर्न लागिएको बताएका हुन्।

नेपालमा धेरै रोगहरुको उपचार संभव भएको भएपनि केही जटिल अवस्थाका रोगका लागि बाहिर जानुपर्ने अवस्था रहेको बताए। उनले मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री पनि उपचारमा संलग्न चिकित्सककै पराशर्ममा सिंगापुर गएको र फेरि जाने क्रममा रहेका स्पष्ट पारे।

उनले भने, ‘नेपालमा धेरै रोगहरुको उपचार संभव छ। केही ट्रिपिकल कण्डिसनमा बाहिर जानुपर्ने पनि हुन सक्छ। र प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारका लागि यहाँका डाक्टरले बाहिर नै रिफर गरिसकेको हुनाले बाहिर नै उपचार गराउँदा उचित हुन्छ। र उहाँ उपचारका लागि जानुभएको थियो र फेरि जाने क्रममा हुनुहुन्छ।’

सांसद प्रेम सुवालले हालै मात्रै सिंगापुरमा उपचार गराएर आएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि उपचारका लागि सिंगापुर जान लागेको भन्दै नेपालको उपचार पद्धति र प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी माग गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .