ad ad

राजनीति


प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आरोप: राजेन्द्र महतोको समर्थन नपाएपछि उनको अभिव्यक्तिको विरोध!

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आरोप: राजेन्द्र महतोको समर्थन नपाएपछि उनको अभिव्यक्तिको विरोध!

नेपालखबर
जेठ २३, २०७८ आइतबार २:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको समर्थन नपाउनेहरूले उनको विवादास्पद अभिव्यक्तिको विरोध गरेको टिप्पणी गरेका छन्।

जनता समाजवादी पार्टीका नेता महतोले शुक्रबार मन्त्री पदको शपथ खानासाथ बहुराष्ट्रिय राज्य स्थापनाको वकालत गरेका थिए। त्यो अभिव्यक्ति संविधानविपरीत देश विखण्डनकारी भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यस क्रममा एमालेकै माधव नेपाल समूह तथा विपक्षी दलहरूले विज्ञिप्ति नै जारी गरी घोर भर्त्सना गरेका थिए।

चौतर्फी विरोधपछि मन्त्री महताले शनिबार मध्यराति विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्ति सच्याएका छन्।

यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने प्रायः गठबन्धनका सरकारका मन्त्रीको अभिव्यक्ति विवादास्पद नै हुने गरेको दाबी गर्दै अहिले ओली सरकारका मन्त्री महतोले पनि त्यस्तो अभिव्यक्ति दिनु कुनै अनौठो नभएको टिप्पणी गरेका हुन्।

साथै उनले महतोको अभिव्यक्तिविरुद्ध विज्ञप्ति निकाल्नेहरूलाई ‘बुमेराङ’को संज्ञा दिएका छन्।

‘प्रायः नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुनेगरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने,तर दुई दिनमै गल्ती सच्याए,’ प्रेस सल्लाहकार थापाले आइतबार बिहान सामाजिक सजालमार्फत भनेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यबाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक छ।’

हेर्नुहोस्, थापाको ट्विट :

surya rajendra

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .