मंगलबार बिहान ११ बजेर ५३ मिनेट जाँदा चीनको लडाकु विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेपछि आफूहरुले त्यसलाई चुनौती दिन हक २९८ फाइटर जेट विमान पठाएको मलेसियाको हवाई सेनाको भनाइ छ।
आफ्ना विहानहरु चिनियाँ विमानलाई चुनौती दिन उडेपछि नै ती विमानहरु आफ्नो क्षेत्रमा फर्किएको मलेसियाले जानकारी दिएको छ।
समुद्र छेउको आफ्नो सबा राज्य नजिकैबाट चिनियाँ विमानहरु उडाइनु मलेसियाको सार्वभौमिकतामाथिको प्रहार भएको र त्यसले मलेसियाको उड्ययन क्षेत्रलाई चुनौती दिएको मलेसियाले जनाएको छ।
विवादस्पद दक्षिण चीन सागरलाई आफ्नो समुद्र बताउने चीनले मलेसियाको सबा र सरावक राज्य छेउसम्म फैलिएका समुद्रमा पनि दाबी गर्दछ।
मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, ब्रुनाइ र भियतनामले पनि दक्षिण चीन सागर आफ्नो भएको बताउँछन्।
तर चीनले यस समुद्रको अधिकाँश क्षेत्र नियन्त्रणमा लिएको छ। मलेसिया नजिकैका दक्षिण चीन सागरको भाग नाइन–ड्यास लाइन अन्तर्गत आफ्नो क्षेत्र भएको चीनको दाबी मलेसियाले सुरुवातबाट अस्वीकार गर्दै आएको छ।
मंगलबार राति मलेसियाको हवाई सेनाले विज्ञप्ती जारी गर्दै चीनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै विमान आफ्नो भूमिमा अनुमति बिना उडाएको आरोप लागाएको छ।
सो विमानहरु मलेसिया नजिकै २३ हजार फिटमाथि उडेका थिए। यद्यपी आफ्ना विमानले चिनियाँ विमान हटाउन सफल भएको मलेसियाको भनाइ छ।
मलेसियाका अनुसार चीनका १एल–७६एस र सियान वाई–२०एस यी दुई मोडेलका १६ विमानहरु मलेसियाको हवाई क्षेत्रमा घुसेका थिए। एससीएमपी
Shares

प्रतिक्रिया