ad ad

राजनीति


उपनिर्वाचनमा ४० करोड खर्च हुने

उपनिर्वाचनमा ४० करोड खर्च हुने

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ४:१२,

आगामी मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा पाँच सय ५० मतदान केन्द्र कायम गरिएको जानकारी निर्वाचन आयोगले दिएको छ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ गरी ५० पदका लागि हुने निर्वाचनमा करीब पाँच लाख मतदाताले मतदान गर्नेछन्।

१६ साउनमा १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् ।

करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको निर्वाचनका लागि आयोगले ४० करोड रुपैयाँ रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरेको छ।

निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .