ad ad

राजनीति


गणतन्त्र दिवसका दिन कमल थापाले गरे राजतन्त्र पुनःस्थापनाको माग

गणतन्त्र दिवसका दिन कमल थापाले गरे राजतन्त्र पुनःस्थापनाको माग

नेपालखबर
जेठ १५, २०७८ शनिबार ३:३३,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्रले देश र जनता बलियो नभएको दाबी गर्दै राजतन्त्र पुनःस्थापनाबारे सोच्नुपर्ने बेला आएको बताएका छन्।

गणतन्त्र दिवसका दिन शनिबार बिहान राजतन्त्रवादी थापाले सामाजिक सञ्जालमार्फत राजसंस्था पुनःस्थापनाको आवाज उठाएका हुन्।

राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेयता देशमा भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेप बढेको दाबी थापाले गरेका छन्।

‘जेठ १५ गते– १३ वर्षअघि राष्ट्रियता/एकताको प्रतीक राजसंस्था पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो,’ थापाले भनेका छन्, ‘राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्। बरू भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .