राजनीति


बारपाकमा कोरोना महामारी फैलियो, माओवादी प्रवक्ता श्रेष्ठले दिए यस्ता सुझाव

बारपाकमा कोरोना महामारी फैलियो, माओवादी प्रवक्ता श्रेष्ठले दिए यस्ता सुझाव

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ७:५२,

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखाको सुलिकोट गाँउपालिकाको बारपाकमा कोभिड महामारीले भयावह रुप लिएको भन्दै नियन्त्रण गर्न सबैसँग आह्वान गरेका छन्।

सो गाउँपालिकमा कोभिडका कारण १२ जनाको निधन भइसकेको छ। आज सो क्षेत्रमा प्रदेश, जिल्ला र गाउँपालिकाबाट चिकित्सकसहितको टोली गएको छ।

प्रवक्ता श्रेष्ठले शुक्रबार अवस्थालाई नियन्त्रणमा लिन सुझाव दिएका छन्। संघीय स्वास्थ्यमन्त्री,स्वास्थ्य सचिव, प्रदेश, डीसीसीएमसी र गाउँपालिकासँग कुरा गरेको श्रेष्ठको भनाइ छ।

No description available.

यस्ता छन् उनले दिएका सुझाव –
१. करिब ५००० जनसंख्या भएको सघन बस्ती भएकाले तत्काल सबैको स्थलगतरुपमा एण्टीजेन टेष्ट गरिहाल्नुपर्छ।

२.संक्रमितहरुको स्थलगतरुपमै चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी सामान्य, मध्यम र गम्भीर केसहरु छुट्ट्याई उपचारको योजना बनाउनुपर्छ।

३. संक्रमित नभएकाहरु सबैलाई घरमै क्वारेन्टिनमा राख्नुपर्छ र घरको उपयुक्तता हेरी सामान्य संक्रमित हरुलाई होम आइसोलेसनमा राख्नुपर्छ। घरमै क्वारेन्टिन र आइसोलेसनमा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुपर्छ । त्यसको लागि स्वयंसेवक टोलीद्वारा निरन्तर अनुगमन गर्नुपर्छ ।

४. घरमा आइसोलेसनमा बस्न उपयुक्त व्यवस्था नभएका सामान्य संक्रमित र मध्यम प्रकारका केसहरुको लागि तत्काल अक्सिजन र मोनिटरिङ मेसिन सहितको आइसोलेसन सेन्टर हुनुपर्छ ।

५.त्यहाँ नै रहने गरी एक जना कन्सल्ट्यान्ट फिजिसिएन डाक्टर, कम्तिमा एकजना अर्को मेडिकल अफिसर चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको टोली हाल त्यहीँ रहने व्यवस्था मिलाइनुपर्छ ।

श्रेष्ठले यसअघि नै तत्काल कदम चाल्न सुझाव दिएका थिए। प्रवक्ता श्रेष्ठले अघिल्लो हप्ता सो क्षेत्रको भ्रमण गर्दै त्यहाँका स्थानीयको एन्टिजेन परीक्षण गराएका थिए।

त्यसबेला सबैभन्दा बढी बारपाककै स्थानीयमा संक्रमण देखिएको थियो।

केही चिकित्सक, ल्याब टेक्निसिएन र स्वयंसेवकसहित बारपाक पुगेका श्रेष्ठको टोलीले ७८ जनाको एण्टीजेन टेष्ट गर्दा ३३ जनामा कोभिड संक्रमण देखिएको थियो।

त्यसबेला संक्रमितलाई केही औषधि दिइएको श्रेष्ठले बताएका छन्।

‘त्यतिखेर नै हामीले सम्बन्धित सबै निकायहरुलाई परिस्थितिको गम्भीरतालाई ध्यान दिई आइसोलेसन सेन्टरसहित आवश्यक प्रबन्ध गर्न सुझाव दिएका थियौँ’, श्रेष्ठले भने, ‘अहिले परिस्थिति निकै भयावह हुनपुगेको छ। यसको नियन्त्रणका लागि सबै लाग्नुपर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad