नेकपा (एमाले) को स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएको छ।
एक मन्त्रीले नेपालखबरलाई दिएको जानकारी अनुसार स्थायी कमिटी बैठक सकिएपछि बालुवाटारमा मन्त्रिपरिषद बैठक राखिएको छ।
केही नियमित एजेण्डाबाहेक जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उठाउँदै आएका केही मागबारे पनि निर्णय हुने सम्भावना रहेको छ।
माग सम्बोधन गर्न बाँकी केही मुद्दाबारे निर्णय हुनसक्ने सम्भावना छ रहेको जसपाका एक नेताले बताए।
जसपाको ठाकुर पक्षले प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको भन्दै उनले नागरिकता सम्बन्धी अध्यादेश जारी गराएका छन्।
यी बाहेक केही मुद्दाहरु फिर्ता लिए ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने तयारीमा छ। ठाकुर पक्षका ८ सहित २ जनालाई राज्यमन्त्री बनाउने सहमति जुटेको जसपाका ती नेताले बताए।
'हाम्रा केही माग मुद्दा एक-दुईदिनभित्र सम्बोधन हुने सम्भावना छ, त्यसपछि हामी सरकारमा जान्छौं,’ ती नेताले भने, ८ पूर्ण र २ राज्यमन्त्री दिने सहमति जुटिसकेको छ।
जसपाले पाउने मन्त्रालय टुंगो लागेपनि पार्टीभित्र आंकाक्षी धेरै भएकोले सरकारमा पठाउने नामबारे भने टुंगो लाग्न सकेको छैन।
Shares
प्रतिक्रिया