ad ad

राजनीति


डा. भट्टराईको दाबीः उपधारा २ र ३ मा पराजित ओलीले प्रधानमन्त्री पद दाबी गर्नै पाउँदैनन्

डा. भट्टराईको दाबीः उपधारा २ र ३ मा पराजित ओलीले प्रधानमन्त्री पद दाबी गर्नै पाउँदैनन्

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:४२,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको धारा ७६ उपधारा २ र ३ मा पराजित प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रधानमन्त्री पदमा दाबी नै गर्न नमिल्ने दाबी गरेका छन्। 

ट्विटरमा उनी लेख्छन् : 

आज संविधानको धारा ७६ (५) अनुसार सत्तारूढ एमालेकै माधव नेपाल पक्षका सांसदसमेतको समर्थनमा विपक्षी गठबन्धनबाट कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँग बहुमत १४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री पदमा नियुक्ति दिन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् भने बहालवाला प्रधानमन्त्री ओलीले पनि आफूसँग झन् १५३ सांसद साथमा रहेको दाबी गर्दै फेरि आफैंलाई प्रधानमन्त्री बनाउन दाबी पेस गरेका छन्। जसले गर्दा कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अन्योलमा परेकी छन्। उनले कानुन हेरेर यस विषयमा निर्णय गर्ने बताएकी छन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले तोकेको समयसीमा अघि अपराह्न ५ बजे पूरा भइसकेको छ। अब नतिजा आउन मात्र बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .