राजनीति


कोरोना संक्रमित प्रतिनिधिसभा सदस्यको संख्या २६ पुग्यो

कोरोना संक्रमित प्रतिनिधिसभा सदस्यको संख्या २६ पुग्यो

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ११:३,

कोरोना संक्रमित प्रतिनिधिसभा सदस्यको संख्या २६ पुगेकोछ।

संसद भवन नयाँवानेश्वरमा वैशाख २३, २४ र २५ गते सभामुख, उनको सचिवालय संघीय संसदका कर्मचारी, संसदीय मामीला आवद्ध पत्रकार, सुक्षाकर्मी, मर्यादापालक र कर्मचारीकोसमेत गरि १२ सय ३५ जनाको स्वाव संकलन गरेर परीक्षण गरिएको थियो।

 जसमा २६ सांसदसहित १६० जनामा कोरोना पोजेटिभ देखिएको संसद सचिवलायका एक कर्मचारीले जानकारी दिए।

संसद सचिवालयका उपसचिव कृष्ण खनालको कोरोना संक्रमणकै कारण शुक्रबार मृत्यु भएको थियो।

प्रतिनिधि सभामा हाल कायम रहेका संख्या २७१ (निलम्बीत ४ जनासहित) रहेको छ।

अझै ५४ जना सांसदको स्वाब संकलन गर्न बाँकी रहेको संसद सचिवालयका ती कर्मचारीले जानकारी दिए।

वैशाख २७ गतेको वैठक अघि नै सबैले अनिवार्य परीक्षण गर्नु पर्ने संसद सचिवालयले जनाएको छ।

यी हुन् कोरोना पुष्टि भएका सांसदहरु
१. मुकुन्द न्यौपाने
२. मायाँ देवी न्यौपाने
३. पार्वती डिसि चौधरी
४. राजेन्द्र प्रसाद गौतम
५. नन्दलाल रोका क्षेत्री
६. लाल बाबु पण्डित
७. लक्ष्मणलाल कर्ण
८. नरमायाँ ढकाल
९. रामबाबु यादव
१०. गोपाल बहादुर बम
११. नमीता कुमारी चौधरी
१२. शान्तिमायाँ तामाङ पाख्रिन
१३. विना कुमारी श्रेष्ठ
१४. रेनुका गुरुङ
१५. जुली कुमारी महतो
१६. रघुबीर महासेठ
१७. किसान श्रेष्ठ
१८. सुरेश कुमार राई
१९. पुष्पा कुमारी कर्ण कायस्थ
२०. झलनाथ खनाल
२१. भानुभक्त ढकाल
२२. बीना मगर
२३. भरत कुमार शाह
२४. प्रमोद शाह
२५. दिपक प्रकाश भट्ट
२६. महेश बस्नेत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .