ad ad

राजनीति


ओलीको नजर गोकर्ण विष्टमा, बालुवाटार बोलाएर मनाउने प्रयास

ओलीको नजर गोकर्ण विष्टमा, बालुवाटार बोलाएर मनाउने प्रयास

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ८:५९,

वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेर आफ्नो पक्षमा लिने प्रयास गरेका छन्।

शुक्रबार एमालेका सचिव गोकर्ण विष्टसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा लामो छलफल गरेका छन्।

विष्टनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उनलाई आँफै फोन गरेर बोलाएका थिए।

भेटमा पार्टीलाई एकताबद्ध गर्ने विषयमा कुरा भएको स्रोतले बतायो।

‘पार्टीभित्र देखा परेका समस्या समाधानका लागि आँफैले पहल लिन उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो,’ उनीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘माधव नेपाल लगायतका केही नेतामाथि गरिएको कारबाही फिर्ता लिएर विश्वासको वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ।’

नेपाल समूहमा रहे पनि पार्टीको अर्को पक्षप्रति नरम रहँदै आएका विष्टलाई ओली पक्षका नेताहरुले आफूहरुतर्फ आउनसक्ने सम्भावित नेताको रुपमा दाबी गर्ने गरेका छन्।

केहि महिनायता दुई पक्षका एमाले नेताहरु एकआपसमा आरोप प्रत्यारोपमा उत्रँदा पनि विष्ट मौन रहँदै आएका छन्। जसका कारण ओली पक्ष उनीप्रति आशावादी हुँदै आएको छ। तर विष्टको यो पुरानै शैली भएको उनीनिकट नेताहरुको बुझाइ छ।

लामो समय माधव नेपालसँग निकट रहँदै आएका विष्ट अघिल्लो महाधिवेशनमा नेपाल प्यानलबाट सचिव निर्वाचित भएका हुन्।

उनी आफ्नाे निर्वाचन क्षेत्र र पार्टी संगठन दुवैतर्फ बलियाे पकड भएका नेता हुन्। त्यसैले गर्दा नेपाल पक्षतर्फ भएका नेताहरुमध्ये ओलीले आँखा लगाएका सीमित नेतामा उनी पर्छन्।

त्यसो त ओलीले नेपाल पक्षका घनश्याम भूसाल, योगश भट्टराई लगायतका नेताहरुसँग पनि गएराति बालुवाटारमै बोलाएर घण्टौं छलफल गरेका थिए। सो छलफलमा कुनै सहमति हुन नसकेको नेताहरुको भनाइ छ।

यो पनिः

एमालेमा दुई पक्षबीच वार्ता तीव्र, भेटिएन सहमतिको बिन्दु

ओलीको नजर गोकर्ण विष्टमा, बालुवाटार बोलाएर मनाउने प्रयास

प्रधानमन्त्री ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्नू : माधव नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .